रौतहट २९ चैत ।। रौतहट जिल्लाको उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको वडा न ९ लक्ष्मीनियामा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको छ ।
मधेश प्रदेश सरकारको सहयोगमा नपाको वडा न ९ को वडा अध्यक्ष राकेश यादवको अध्यक्षतामा बुधवार एक कार्यक्रमको बीच लगभग १५० जना गर्भवती महिलालाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएको छ । आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यले मधेश प्रदेश सरकार बाट प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा न ९ को वडा अध्यक्ष राकेश यादव (पप्पु) ले बताएका छन् ।
गर्भवती महिलाले अरुबेलाको तुलनामा गर्भ रहेको वेला पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो । त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेको छ । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा न ९ को वडा सदस्य लगाएत स्थानीयहरूको उपस्थिति रहेको थियो ।