विरगञ्ज ०९ असार ।। किसानहरुको ठुलो बिरोद्ध पछि २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो ।

बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर साल्टका विभिन्न क्षत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको साल्ट ट्रेडिङका क्षेत्रीय प्रवन्धक ब्रिजेशकुमार झाले जानकारी दिए ।

बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रिसक्ने झाले जानकारी दिए । ‘आज मात्रै ५० हजार बोरा युरिया मल विरगञ्ज प्रवेश गरेको छ । ती मल साल्टका विभिन्न डिपोहरूका लागि वितरण भइसकेका छन् । थप ४ लाख ४० हजार बोरा अर्थात् २२ लाख मेट्रिक टन मल समेत छिट्टै साल्टले नेपाल भित्र्याउँदैछ’ झाले भने, ‘कलकत्ता आइपुगिसकेको उक्त मल सम्भवत अबको एक हप्तामा नेपाल भित्रि सक्नेछ ।’

यस्तै, यता विराटनगर भन्सार हुँदै केही रासायनिक मल समेत आयात हुँदै गरेको उनले बताए । कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने यता कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here