रौतहट, ०२ चैत ।। रौतहटमा दिनदहाडै गोली चलेको छ । जिल्लाको परोहा नगरपालिकामा अज्ञात व्यक्तिहरु द्वारा वडा नं ९ खापर टोलका विरेन्द्र साहको २६ वर्षीय छोरा नितेश कुमार साह लाई गोली मारिएको छ ।
साह खापर चौकमा आफ्नै सिटी एक्सप्रेस (City Express) IME चलाई रहेको क्रममा BR 06 CL 9796 नंबरको अपाची मोटरसाइकलमा सवार भई आएको र आउने बितिकै IME काउन्टरमा गई गोली मारेका छन । साहको कनचटमा गोली लागेको छ । घाईते साहको उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगीएको थियो तर अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि उनलाई बिरगंज रेफर गरिएको छ ।
गोली चलाउने ३ जना अपराधी लाई स्थानीयले समाती जयनगर चौकी प्रहरी लाई बुझाएका छन् । जयनगर चौकी प्रहरीले उनीहरु लाई जिल्ला प्रहरी कार्यालय गौर पठाएका छन् ।
स्थानीयका अनुसार लुटपाट गर्ने उदेश्यले अपराधीहरु गोली मारेका छन । घटना वारे थप अनुसंधान भईरहेको प्रहरीले बताएका छन् ।