रौतहट, १८ भदौ ।। रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका बृहत पार्टीमा प्रवेश कार्यक्रम भव्यता साथ गरेका छन् । सदरमुकाम गौर स्थित जानकी धर्मशालामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका मो. शेख जमसेद सहित विभिन्न पार्टी परित्याग गरि देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, श्री व्रजभूषण सिंह सहित सैकडौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

May be an image of 3 people, temple and text

कार्यक्रममा पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउत अध्यक्षको आसनमा, श्रम तथा यतायात मन्त्रि चन्दन सिंह विशिष्ठको आसनमा बसेकोप थियो । पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउतको हातबाट टिकामाला लगाएर उहाँहरुले जनमत पार्टी आवद्ध भएका हुन् ।

May be an image of 1 person and studying

कार्यक्रममा लाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेश हित तथा यहाका जनताको लागि हरदम लडेको निरन्तर लड्ने वहाको भनाई रहेको थियो । देशको सबै भन्दा बढी बलिहुने कृषि योग जमिन मदेशमा रहेको तर सरकार द्वरा कुनै खास बेवस्था नदेखिएको उनि दुख समेत पोखेका छन् ।

उक्त कार्यक्रममा पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउत,श्रम तथा यतायात मन्त्रि चन्दन सिंह, पुर्व कृषि मन्त्रि बसन्त कुसवाहा, सैकडौं नेता कार्यकर्ता, सुरक्षाकर्मी, संचारकर्मी लगायत भर्भालाआद्मिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here