रौतहट, १९ भदौ ।। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश हक हितका लडाई र मधेशीहरुको अधिकारको मुद्दा जिउँदै रहेको बताएका छन् । सोमबार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेश प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पुर्याउन पर्ने उनको भनाइ छ । हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्’, अध्यक्ष ठाकुरले भने, ‘यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन भन्ने उनले बताएका छन् ।

अझै मधेश आन्दोलनताका खडा गरिएका झुठा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए । कार्यक्रममा अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने उल्लेख समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here