पाल्पा, १६ भदौ ।। पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ। ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

स्कार्पियो ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ। गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here