काठमाण्डाै, ०३ पुस ।। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसाे ३ बजे बस्दैछ । बैठकमा आउँदाे केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आउँदाे कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here