रौतहट ०७ भादौ ।। रौतहट जिल्लाको राजपुर नगरपालिकामा वृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रतियाग गरी दर्जनौ नेता कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । आज राजपुर नगरपालिकाको वडा नं ९ बैरिया टोलमा वृहत पार्टी प्रवेश कार्यक्रम बिच नगर प्रमुख डा.मो.राजीक आलमको नेतृत्व तथा प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रम राष्ट्रीय गीत बाट सुरु भई विभिन्न कालखण्डमा सहिद भएका प्रति एक मौन धारण गर्दै कार्यक्रम सभ्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी, जनता समाजबादी पार्टी सहित विभिन्न पार्टी प्रतियाग गरी शेख अनवर अली, शेख तैयब, शेख इस्तेखार, शेख सलाउदिन, शेख कुदुश, मोनालाल ठाकुर, शेख नसरुल, शेख मतिन, शेख सदाम, शेख समसाद, शेख जकाउल्लाह लगायत दर्जनौ नेता कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

राजपुर नगरपालिका नगर प्रमुख डा. मो. राजीक आलमले मन्तब्य राख्दै भने तत्कालीन सरकार ले रौतहट क्षेत्र नं २ का नेता अभिभावक माननीय अफताब आलम लाई झुठा मुद्दामा फसाई चुनावी एजेनडा बनाउने उदेश्य राखेको छ । तर कुनै फर्क नपर्ने बताएका छन् २ नं क्षेत्र का जनता तत्कालीन सड्यन्त्रकारी सरकार लाई हुन गइरहेको मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा जनताको अदालतबाट जनताले बैलेट जवाब दिने पुर्न विश्वास रहेको बताएका छन ।

उक्त कार्यक्रममा क्षेत्र नं २ (क) का विधानसभा सदस्य नागेन्द्र प्रसाद सिन्हा, नेपाली काँग्रेस पार्टी रौतहट जिल्ला कार्यसमितिका उप सभापति राम लोचन प्रसाद जयसवाल, जिल्ला कार्यसमिति सचिव रामचन्द्र गिरी, ईशनाथ नगरपालिका उप नगर प्रमुख प्रत्याशी लाल बिहारी जी, पंकज सिन्हा तथा विभिन्न तहतपकाका नेता कार्यकर्ता समाजसेवी, वुद्धजिवी, संचारकर्मी लगायतका उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here