पर्सा ३० असार ।। जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएकी हुन् ।

उनले राजीनामामा भनेकी छिन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।

पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा यादव पछिल्लो समय असन्तुष्ट रहेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here