काठमाडौं २६ साउन ।। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल प्राध्यापक संघको हिरक महोत्सवमा प्रधानमन्त्री देउवाले विश्वविद्यालय शिक्षा अनुसन्धनात्मक र सिपमुलक हुनुपर्ने बताए ।

प्राध्यापकको ज्ञानको सदुपयोग भएमा मात्रै देशको चौतर्फी विकास हुनेछ । कुनैपनि देशको विकास त्यस देशको शिक्षाले मापन गर्छ । विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । प्रधानमन्त्री देउवाले देशको भविष्यसँग जोडिएको पठनपाठनलाई रोजगारमुलक बनाउन प्राध्यापकको भूमिका अग्रणी रहने बताए ।

प्रधानमन्त्री देउवाले प्राज्ञिक बहसमा केन्द्रित भई समृद्धि मुलुक बनाउने अभियानमा केन्द्रित हुन प्राध्यापकलाई अनुरोध गरे । प्राध्यापकहरुको प्रतिभा, ज्ञानको उच्चतम सदुपयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले भने, ‘विश्वविद्यालयको पठनपाठनलाई कुनै आँच आउन नदिने तथा शैक्षिक क्यालेण्डर प्रतिकूल अवस्था सृजन हुन दिनुहुँदैन । विश्वविद्यालय स्वस्थ प्राज्ञिक थलो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here