रौतहट ०९ जेठ ।। रौतहटका नव निर्वाचित ६ जना पालिका प्रमुखहरुले सपथ लिएका छन् । आज सोमबार दोस्रो चरणको सपत ग्रहण कार्यक्रममा रौतहटका १८ वटा पालिकामध्ये ईस्नाथका कौशालिया देवी , राजपुरका डा. मो. राजिक आलम , गुजराका संत लाल चौधरी , कटहरियाका अजय प्रकाश जयसवाल , माधवनारायणका बैजनाथ यादव र चपुरका संजय काफ्ले गरि ६ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्लाको गौर नगरपालिकाको सभा हलमा शपथ ग्रहण गरेका हुन् । यस अघि १८ वटा पालिकामध्ये पहिलो चरणको शपथ ग्रहण समारोहमा ५ वटा पालिका प्रमुखहरुले शपथ लिएका थिए ।

जिल्ला अदालत रौतहटका मुख्य न्यायाधीश काजीबहादुर राईले जनप्रतिनिधिहरुलाई सपथग्रहण गराए । रौतहटमा स्थानीय तहको निर्वाचनमा १ वटा पालिकामा एमाले, ५ वटा पालिकामा काँग्रेस, २ नेकपा एस, १ माओवादी केन्द्र, १ जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । रौतहटका केहि पालिकाहरुमा मतगणना जारी छ भन्ने केहीका आज नतिजा प्रकाशन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here