रौतहट ९ जेठ ।। रौतहटको उतरी भेगमा रहेको वृन्दावन नगरपालिकाको नगर प्रमुख पदमा एकिकृत समाजवादीले सम्मानजनक जित हात परेका छन । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका रामस्नेही यादवलाइ पराजित गर्दै समाजवादीका विनोद प्रसाद कुर्मी (पटेल) विजयी भएका छन् । कुर्मीले १ हजार ४ सय ३४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । उनले ६११२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसको तर्फबाट मेयर उम्मेदवार रामस्नेही यादवले ४६७८ मत ल्याएका छन् ।

उच्च शिक्षा हासिल गरेकी उपमेयरमा संगीता कुमारी रामले ५७७२ मत प्रात गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सैवन खातुनले ४६८८ मत पाइन् । रामले निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी १०८४ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here