रौतहट ०८ जेठ ।। स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको राजदेवी नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण गराइएको छ । राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादबले जिल्लाका प्रमुख निर्वाचन अधिकृतबाट सपथ लिएका थिए । उनले नगरपालिका पुगेर कार्यभार सम्हालिसकेका छन । कार्यभार समाले लगते आफ्नो नगरमा जनताको एबुलेन्स खरीदको लागि बजेट निकासा माग गरेको थियो ।

राजदेवी नगरपालिका प्राङ्गणमा आइतवार आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा एसबाट नगर प्रमुखमा निर्वाचित यादबले उपमेयर साह सहित सबै वडाका जनप्रतिनिधिहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन ।
सपथग्रहण गरेसँगै आइतवार नै जनप्रतिनिधिहरु आ आफना कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित पालिका उपप्रमुख सहितका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउँदै नगर प्रमुख यादबले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिहरुलाई आग्रह गरेका थिए ।

उनले जनताले विकास निर्माण लगाएत कार्यको अनुभूति गर्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरे ।
पदभार ग्रहण पछि नवनिर्वाचित जनप्रतिनिधिले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र पालिकाका जनताको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण पश्चात् बोल्दै स्थानिय तहमा कुनै सत्ता पक्ष र प्रतिपक्ष नहुने र दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताएका छन् ।

नवनियुक्त जनप्रतिनिधिलाई सबैको साझा भएर काम गर्न जनताले सुझाव तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
जनताले जनप्रतिनिधी कुनै एक पार्टीबाट विजयी भएपनि उसले आफ्नो कार्य सम्पादन गर्दा सबैलाई साझा रुपले हेर्नुपर्ने भन्दै, स्थानीय तहमा पनि साझा बन्नुपर्ने सुझाव दिएका छन् । समग्र नगरको विकासमा आफुले पनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने मेयर यादबले प्रतिवद्धता जनाए ।

जनताको मतको कदर नगर्ने अधिकांश पालिकाका यसअघिका मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई जनताले तह लगाइदिएको बताउँदै निर्वाचित भएपछि जनताको मालिक नभई सेवक बनेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here