रौतहट २७ वैशाख ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकामा एकीकृत समाजवादी पार्टी नेपाल (नेकपा एस) उमेदवार भिखारी यादवको जित हुने स्थानिय नगरवासीहरुको बुझाई रहेको बताएका छन । हुन् गइरहेको वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा राजदेवी नगरपालिकाको मेयर पदमा नेकपा एसका उम्मेदवार यादवको परचम लहराउने पक्का भएको छ ।

गरिबका मसिहा सुख दुखका साथी बनेका यादवको काम कारवाही र पूर्ण इमान्दारीताको साथ नगरबासीको हितमा काम गरेको हुँदा यसपाली उनलाई राजदेवी नगरपालिकाको जनताले विजयी गराउने अवस्थामा पुर्याइदिएको हो । मेयर उमेद्वार यादवको शालिन विचार, राजनीतिक ज्ञान, जनता प्रतिको उत्तरदायीत्व निर्वाह गरेकै कारण उनलाई जनताले पत्याउन छाडेका छैनन । उनलाई नै आउदो निर्वाचनमा विजयी गराएर राजदेवीको मेयर पदमा विराजमान गराउने देखिन्छ ।

विगत ४० बर्ष देखि मेयर उमेद्वार यादव समाजसेवीको हैसियतले सडक, नाला, विजुली, विद्यालय भवन, मन्दिर, दलित गरिबहरुको लागि पक्कि भवन लगायतको सेवा सुविधा दिएकै कारण उनको लोकप्रियताबाट राजदेवी बासी कायल भई उनलाई नै मेयरमा जिताउन कम्मर कसेर लागेको बताइएको छ ।

हुनत त्यहाँ अन्य पार्टीको पनि उम्मेदवारहरु चुनावी मैदानमा छ तर प्रतिष्पर्धामा नरहेको बुझिएको छ । नेकपा एमालेको अंशु सिंह अलि उहाँ पछि छन् तर उनले भिखारी यादवलाई उछिन्न सक्ने अवस्था छैनन् । जुनसुकै समुदायको मतदाताहरु भिखारी यादवको पक्षमा रहेको हुँदा यसपाली यादवको राजदेवी नगरपालिकामा परचम लहराउने सुनिश्चित भएका आम जानसमुदायले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here