रौतहट १४ असार ।। काठमाडौं स्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या मुसलमानहरूले गरेको बिरोध प्रदर्शन प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । रोहिंग्या मुसलमानहरु शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनलाई आन्तरिक सुरक्षाका लागि खतराको रुपमा देखिदैँ आएको छ । रोहिंग्या मुसलमानहरुमाथि आतंकवादीहरुसँग साँठगाँठको आरोप समेत लाग्दै आएको छ, त्यस कारण इस्लामिक देशहरुले समेतले पनि यिनलाई शरण दिन अस्वीकार गर्दै आएको छ ।

रोहिंग्या मुसलमान आतंकवादी संगठनहरुको प्रभावमा सजिलै आउन सक्ने सम्भावना प्रवल रहेको हुन्छ । पाकिस्तानबाट सञ्चालित आतंकवादी समुहले यिनलाई आफ्नो प्रभावमा लिन प्रयासरत रहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले पटक–पटक देखाउँदै आएको छ । राजधानी काठमाण्डौ, कपन लगायतका ठाउँमा अवैध रुपमा रहदै आएका रोहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति पनि खतरा रहेको तथ्यलाई नकार्न सकिन्न । नेपाल सरकार समक्ष देशको सुरक्षा सर्वाधिक चुनौतीपूर्ण हुन्छ, जो सर्वोपरि पनि हो ।

देशको सुरक्षालाई प्राथमिकतामा राख्दै रोहिंग्या लगायतका गैर कानुनी रूपमा बस्दै आएका मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गरियोस साथै गैर–कानुनी रूपमा यस्ता समूहलाई नेपाल प्रवेश गराउने एवं संरक्षण गर्नेमाथि समेत यथाशिघ्र छानबिन गरी कानुनी कारवाही गर्न नेपाल सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक अनुरोध गर्दछ । साथै सम्पूर्ण जनसमुदायलाई यिनीहरुबाट सतर्क र सावधान रहन जितेन्द्र कुमार सिंह राष्ट्रिय महासचिवले हार्दिक अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here