काठमाडौं ०९ असार ।। न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको बिषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेष समयमा सांसद लिलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ता बीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताइन् । उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको उनको भनाइ छ ।

राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उनले आरोप लगाइन् । उनले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराइन् ।

उनले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिइन् । त्यस्तै सांसद सांसद गजेन्द्र बहादुर महतले न्यायालय भष्टाचारको अखडा बनिरहेको भन्दै यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here