पर्सा १२ चैत ।। मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि तत्काल १० करोड रुपैयाँ आर्थिक लगानी गर्ने निर्णय गरेको छ । पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको प्रदेश सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकले विविध पर्यटकीय क्षेत्रको विकासका लागि रु १० करोड लगानी गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ । सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको छ ।

पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा अपेक्षित विकास हुन सकेको छैन । मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here