सर्लाही १२ चैत ।। सर्लाहीमा दुई समूहबीच झडप हुँदा संघीय सांसद प्रमोद साह घाइते भएका छन् । क्लवको भवन बनाउने विषयमा झडप हुँदा सांसद साह र उनका अंगरक्षक घाइते भएको प्रहरीले जनाएका छन् ।

शनिवार विहान जिल्लाको इश्वरपुर नगरपालिका वडा नं. ६ बयलवासमा फुलझरी युवा क्लव बनाउने नबनाउने विषयमा झडप हुँदा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

उनले सांसद साहको टाउकोमा करिब २०-२५ वटा टाँका लागेको बताए । घाइते भएका सांसद र अंगरक्षकको अहिले अमित हेल्थकेयरमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको उनले बताए ।

वयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह बिहान घटनास्थल पुगे लगत्तै झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here