काठमाडौं १२ भदौ ।। औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।

औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभागले आदेश दिएको हो ।

ब्याच नम्बर ZDT2-28​ को उक्त औषधि बजारबाट फिर्ता गर्न र किनबेच नगर्न विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here