रौतहट ०३ जेठ ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं २ नदी पारी ईनर्वा टोलमा रहेको श्री रामजानकी प्राथमिक विधालयमा ४ कोठे भवन निर्माणका लागि विधिपूर्वक शिलान्यास भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेश मुख्य सचेतक तथा रौतहट क्षेत्र नं २ (ख) को प्रदेशसभा सांसद माननीय ई.कनिश पटेल द्वारा आज एक कार्यक्रम अन्तर्गत प्रदेश सरकारको योजनालाई निरन्तरता दिई विधिपूर्वक भुमि पुज्न गरी शिलान्यास गरेका छन् ।

श्री रामजानकी प्रा.वि. ईनर्वामा पठनपाठन गराउन कक्षा कोठाको धेरै अभाव रहेको हुनाले पठनपाठनमा समस्या भोगदै आइरहेको त्यहाँको स्थानीय जनसमुदायहरूले पटक-पटक आग्रह गरेको बिषयलाई मनन गरि प्रदेशसभा सांसद कनिश पटेलले पहल गरि एक तल्ले ४ कोठे भवन निर्माण कार्यको लागि शिलान्यास गरेका छन् ।

प्रदेश सांसद पटेलले निर्वाचित हुने वितिकै आफ्नो क्षेत्रको लगभग धेरै स्थानमा चौतर्फी बिकास कार्यलाई तिब्रता दिएको छ भने अन्य भौतिक निर्माणको लागि उहाँको पहल जारी उनले बताएका छन् ।

चुनावको वेला क्षेत्रबासीसँग विकासको लागि गरिएको प्रतिबद्धता पुरा गर्न मैले पहल जारी राखेको छु । यो क्षेत्रमा सबभन्दा बढी शिक्षा र स्वास्थको खाचो रहेको हुनाले बालबालिकाको उज्ज्वल भविष्य बनाउन राम्रो भवनको व्यवस्थापन गर्नका निमित्त आज ४ कोठे भवन निर्माण गरेको उनले बताएका हुन । खासगरी बर्षौ बर्षदेखि नदी पारीको यो ईनर्वा टोलमा बसोबास गर्ने जनसमुदाय विभिन्न बाढीको चपेटामाबाट पीडित बन्दै गएको सबैमा अवगत नै रहेको उनले प्रष्ट पारेका छन् ।
विधालय भवन शिलान्यास कार्यक्रममा बौधिमाई नपा वडा नं २ को वडाअध्यक्ष धर्मेन्द्र पटेल, समाजसेवी शंकरप्रसाद पटेल लगायत दर्जनौं स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here