जनकपुरधाम १८ चैत ।। सप्तरीमा टिपरले बोलेरोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।मृत्यु हुनेमा चालक सप्तरी बोदेबर्साईन नगरपालिका ५ बस्ने वर्ष २६ का शिवराज यादव रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिका ५ रंजितपुर स्थित पुर्व तर्फ जाँदै गरेको विधुत कार्यालय बोदेबर्साईन सप्तरीको प्रदेश २(०१(००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई पछाडिबाट ना.७ ख २६५८ नम्बरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटना बिहीबार अपराहन्न साढे ४ बजेको हो । दुर्घटनामा बोदेबर्साईन नगरपालिका १० बस्ने वर्ष ३० का शैलेश यादव, वर्ष ३० का महेश चौधरी, वडा नं. ५ बस्ने वर्ष २६ का वृजेश कुमार यादव, वर्ष ३० का जय शंकर साह र सिरहा लहान नगरपालिका ८ बस्ने वर्ष ३५ को अरुण कुमार सिहं घाइते भएका छन् ।

शवको पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here