जनकपुरधाम १२ साउन ।। जनकपुरधामबाट दिनदहाडै महिलाबाट लाखौँ रुपैयाँ लुट्ने दुई युवक पक्राउ परेका छन् । प्रहरीले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

बिदेशबाट आएको दुई लाख रुपैयाँ गत सोमबार मिल्स एरिया स्थित रहेको एभरेष्ट बैँकबाट झिकेर गइरहेकी सबैला नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका १ मा बस्दै आएकी शर्मिला देवी प्लाष्टिकको झोलामा मोबाइल र पैसा लिएर आउँदै गरेकोमा झोला लुटेर दुई युवक फरार भएका थिए ।

घटना पश्चात जानकारी दिएपछि प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेको दुबै युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ ।

जितेन्द्रको साथबाट लुटिएको मोबाइल र ५४ हजार नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here