सिरहा १२ साउन ।। सिरहामा बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजुविरुद्ध उजुरी दिएका छन् । सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको हो ।

घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी परेको छ । घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको भनाइ छ । प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ती महिलाले आफूमाथि अन्याय भएके भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदीप पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here