महोत्तरी, ०६ भदौं ।। मिटरब्याज पीडितले व्यवसायीलाई दुव्र्यवहार गरेको भन्दै उद्योग वाणिज्य सङ्घ जलेश्वरले जलेश्वर बजार बन्द गराएको छ । बुधबार व्यवसायीले बजार बन्द गराएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।

मंगलबार दिउँसो मिटरव्याज पीडितहरुले निकालेको विरोध जुलुस प्रर्दशन गर्ने क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्व्यवहार गरी कुटपिट गरेको भन्दै आज बिहानैदेखि निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यपारीहरु आन्दोलन उत्रेका छन्

मिटरब्याज पीडितले एक जना स्थानीय व्यवसायीलाई कुटपिट गरेको थियो भने अर्का एक जना व्यवसायीलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मंगलबार मिटरब्याज पीडितहरुले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै जलेश्वरमा प्रदर्शन गर्नुुका साथै पाँच बुँदे माग उल्लेखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाएका थिए ।

मिटरब्याज पीडितहरुले प्रदर्शन गरिरहेका बेला आन्दोलनकारीले व्यवसायीलाई कुटपिट गरेको भन्दै व्यापारीहरु प्रतिकार गर्दै सडकमा उत्रेका छन् । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लभराजा सिंहले मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरुलाई कारवाही नभएसम्म बजार बन्द यथावत राख्ने जानकारी दिए ।

जलेश्वर बजार बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यता व्यवसायीहरुले चौकचौकमा नारबाजी गरेर दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।

कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा सुरक्षाकर्मी परिचालन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here