काठमाडौं ०९ साउन ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा मंगलबार आयोजित चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने जिकिर गरे ।

‘मुलुकको सबै परिवर्तनको नेतृत्व कांग्रेसले लिएको छ,’उनले भने,’ पार्टीभित्र एकता कायम राख्नसके कुनै पनि शक्तिले हराउन सक्दैन ।

उनले मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गरे । नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धि कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले कांग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे ।

चियापान कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीत्रय भीष्मराज आङ्देम्बे, बद्रीप्रसाद पाण्डे र जीवन परियार, कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतको उपस्थिति थियो ।

चियापान कार्यक्रममा कांग्रेसका पूर्व पदाधिकारी,मन्त्री,वर्तमान पदाधिकारी,केन्द्रीय कार्यसमितिका सदस्य,जिल्ला सभापति,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here