वीरगन्ज २१ चैत ।। मधेशी जनता नेपालको सच्चा राष्ट्रवादी रहेको गृहमन्त्री बालकृष्ण खाडले बताएका छन् । सोमबार बाराको सिम्रौनगढमा कांग्रेसका पुरा नेता स्वर्गीय भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रममा गृहमन्त्री खाडले नेपालको सीमाको रक्षा गर्ने मधेसी नै सच्चा राष्ट्रवादी भएको बताएका हुन् ।

सुरक्षाकर्मीलाई प्रयाप्त स्रोत साधन दिन नसकेको भन्दै उनले भने, ‘सीमा क्षेत्रमा प्रयाप्त सुरक्षा पोष्ट पनि राख्न सकिएको छैन । यस्तो अवस्थामा मधेशी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका छन् ।

गृहमन्त्रीले नेपाली भूमिको सुरक्षा मधेशकै दाजुभाइ दिदीबहिनीले गरिरहेको तथ्यलाई कसैले नबिर्सिनु पर्ने बताए । गृहमन्त्री खाडले मधेश प्रदेशलाई नेपालकै अब्बल प्रदेश बनाउनका लागि कांग्रेस अग्रसरता लिने बताए । ‘मधेशको विकास भए मात्र देशको विकास हुन्छ, मधेश समृद्ध भए मात्र देश समृद्ध हुन्छ, त्यसैले मधेश र पहाडलाई फुटाउने होइन मधेस र पहाडलाई जुटाउने काम गर्नुपर्छ’, उनले भने ।

गृहमन्त्री खाडले मधेशमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार गर्दै यसको समस्या छिटटै सामधान हुने बताए । कानुन अभावका कारण नागरिकता वितरणमा केहि समस्या रहेकाले त्यो समस्या छिट्टै सामधान हुने गृहमन्त्री खाडले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here