रौतहट २८ असार ।। हनुमत कु.यादव ।। रौतहट जिल्लाको देवाही गाेनाही नगरपालिकामा आगलगी हुदा लाखौं मुल्यबराबरकाे क्षति भएको छ । वडा न. -६ कर्कचमा मंगलबार बिहानै एक घरमा आगलागी हुदा लाखौं मुल्यबराबरको क्षति भएको छ । कर्कच टोलका स्थानीय निवासी बन्हु महताे काेईरीकाे छाेरा अन्दाजी वर्ष ४२ काे बिरेन्द्र महताेकाे घरमा बिहान करिब सात आठ बजेकाे समयमा बिधुत्त मिटरमा सर्टभई आगलागी भएको पिडितले बताएका छन् ।

प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।आगलगी हुदा करिब ६ लाख ८० हजार मुल्यबराबरकाे सरसमान जलेर नस्ट भएको पिडित परिवारले बताएका छन् । पिडित परिवारलाई नगर प्रमुख प्रेमलाल साह र उप प्रमुख परनिया देवी पटेलले खाद्यान्न समाग्री खाना बनाउने भाडावरतण र कपडा सहयो गरेका छन् ।

पिडित परिवारमा ६ जनाको रहेको छ । बर्षातको समय र परिवारको आर्थिक स्थिति कमजोर भएको कारण पुन : घर बनाउन तथा हालको रहनको लागि समस्या रहेको पिडित बताएका छन् । पिडित परिवारका प्रमुखले सम्बन्धित निकाय संग सहयोग लागि अपिल समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here