काठमाडौं २६ माघ ।। जनता समाजवादी पार्टी आन्तरिक विवादका कारण फुटने अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगेपछि फुटने अवस्थामा पुगेको हो । यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरु गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट भएको बताएका छन् । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले पनि विवाद बढाएको छ ।

भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् । उनले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गरेका छन् ।भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, अर्का नेता मोहम्मद इस्तियाक राई, रामनरेश यादवलगायतले साथ दिइरहेका छन् । यादवलाई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, विजय यादवको साथ छ ।

एमसीसीको विषयमा भट्टराई पक्षमा खुलेका छन् । पार्टी अध्यक्ष यादव भने मौन रहेका छन् । यसअघि उपेन्द्र यादवबाट महन्थ ठाकुर अलग भएका थिए । ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका स्रोतले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here