काठमाडौं,११ माघ ।। राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत भएको मतदान सकिएको छ । सातै प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा सकिएको हो ।

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

मतदान सकिएको कोशीमा २ पालिका प्रमुखसहित ३ जना मतदानमा अनुपस्थित हुँदा मधेशमा एक सांसदले मतदान गरेका छैनन् भने बागमतीमा काठमाडौंका मेयर बालेन शाह र हाम्रो नेपाली पार्टीका २ सांसदले मतदान गरेनन् ।

यता गण्डकीमा सहकारी ठगीका आरोपीत बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबैले मतदान गरेका छन भने लुम्बिनीमा २ पालिका प्रमुखले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै कर्णालीमा भने शतप्रतिशत मतदान भएको छ ।

सुदूरपश्चिममा धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।

मतदान सकिएसँगै सातै प्रदेशमा आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here