रौतहट २१ माघ ।। हनुमत कु .यादव ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक ( रक्त संचार ) भवन निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक ( रक्त संचार ) भवन निर्माण गरिएको छ । रक्त संचार भवन गौर न. पा. का नगर प्रमुखको अजय गुप्ताको बिशेस पहलमा निर्माण भएको ब्लड बैंक भवन नगर प्रमुख गुप्ताले उद्घाटन गर्नुभएको छ ।

जिल्लामा जिल्ला अस्पताल भएपनि ब्लड बैंक नभएको ब्लड अभावका करण सुत्केरी महिला,घटना दुर्घटना परेर धेरै जनाको ज्यान जोगाउन समस्या भुग्नु परिरहेको थियो । ब्लड अभाव लाई ध्यानमा राखी ब्लड बैंकको स्थापना गरिएको नगर प्रमुख गुप्ताले बताएको छ । रक्तले मानिस लाई दोस्रो जीवन दिनसक्ने रहेकोले रगत लाई सुरक्षित राख्न तथा बढी मात्रामा सुरक्षित साथ वेव्स्थापन गर्ने उदेस्यले रक्त संचार भवनको निर्माण गरिएको बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहटका जिल्ला सभापति संजिव मल्लिक, प्रहरी उपरिक्षक बिनोद घिमिरे,नागरिक समाज अगुवाहरु ,गौर अस्पताल मे. सु. कृष्णा साह ,नेता राज किशोर यादव लगाएत समाजसेवी, बुद्धजीवि, संचारकर्मी सुरक्षाकर्मी सहितका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here