सप्तरी २१ माघ ।। बिकास निर्माण कार्यमा अनियमितता भएको भन्दै राजविराज नगरपालिका-१६ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सप्तरीको राजविराज नगरपालिका वडा न.१६ बाेरियामा बिकास निर्माण कार्यमा अनियमितता भएको भन्दै तालाबन्दी गरिएको छ । आन्दोलन संघर्ष समितिले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

राजविराज नगरपालिका वडा न.१६ वडाकाे विकास निर्माण कार्यमा व्यापक अनियमितता भएको तथा उपभोक्ता समितिमा वडाअध्यक्ष गुजाइ दासले आफ्नो नाता गाेताका ब्यक्तिलाई राखेर उपभोक्ता समिति गठन गरेकाे आरोप छ । वडाअध्यक्षले हर हिसाब सार्वजनिक नगरेको भन्दै गठित संघर्ष समितिकाे अगुवाइमा वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेकाे संघर्ष समितिका अध्यक्ष राम लखन यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार वडामा भइरहेको बिकास निर्माण कार्य पारदर्शी हुनुपर्ने तथा बिकास निर्माण भएको आर्थिक अनियमितता बिरुद्ध संघर्ष समिति गठन गरि बिकास निर्माणका लागि वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दि गरिएको बताए । आफुहरुकाे जायज माग अविलम्ब सम्बाेधन नभए अझै कडा आन्दोलन गर्ने समितिका युवा नेता उमेश कुमार यादवले बताए । यता वडा कार्यालयमा तालाबन्दी हुदा साे वडाका हजारौं सेवाग्राहीहरुको काम प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here