मंसिर १३ बारा ।। बारामा घरबाटै मोटरसाइकल चोर्ने चोरलाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब साढे १२ बजेको समयमा जिल्लाको जीतपर सिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित बकुलिया रोड बस्ने जोखन पण्डितको घरबाट मोटरसाइकल चोरी भएपछि प्रहरीले १२ घण्टा नबित्दै चोरलाई समातेको छ ।

पक्राउ पर्नेमा बाराको कोहल्वी नगरपालिका वडा नं. ६ का २० वर्षीय श्यामबाबु चौधरी रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । चौधरी २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा जीतपुरसिमरा उपमहानगरपालिका वडा न.११ स्थित आमाटार भन्ने स्थानबाट पक्राउ गरिएको हो ।

प्रहरीले चौधरीले चोरी गर्न आउदा प्रयोग गरेको ना.२३ प.८४४६ नम्बरको मोटरसाईकल समेत समातेको जनाएको छ ।

चौधरीमाथि चोरी शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ । घटनामा संलग्न एकजना फरार भएको उनको खोजी समेत भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here