नवलपरासी ०५ असार ।। नवलपरासी (पूर्व) र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी (पूर्व) को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साइट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा विन्दुकुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नयाँ बेलहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने फनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here