काठमाडौं, २८ चैत ।। गृहमन्त्री रवि लामिछानेविरुद्ध राप्रपा पनि खरो उत्रिँएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । संसद्मा लामो समयदेखि नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानविन समितिको पक्षमा अन्ततः राप्रपा पनि उभिएको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा पनि छानविन समिति बनेकाले उक्त सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएर निश्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे ।

राप्रपाले हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरेको वृहत जनप्रदर्शनमा प्रहरी दमन भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खरो उत्रिएका हुन् । गृहमन्त्री लामिछानेले सहकारीको ठूलो रकम अपचलन गरेको भन्दै कांग्रेसले संसद्मा लामो समयदेखि संसदीय छानविन समितिको माग गर्दै विरोध जनाउँदै आएको छ ।

‘सुशासन मुखमा होईन, व्यवहारमा गर्नुस् । अहिले पनि सहकारीमा लाखौं मानिस पीडित छन् । छानविन समिति बनाऔं । पहिला पनि हामीले छानविन समिति बनाएको हो । अब पनि बनाऔं,’– सांसद शाहीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here