काठमाडौं, २८ चैत ।। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि आगमी वैशाख २ गते बस्ने गरी बैठक स्थगित गरिएको हो । आजदेखि कांग्रेसको उक्त एजेण्डाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि उभिएको छ ।

आजको बैठकमा राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानबहादुर शाहीले आफूहरुको पनि एजेण्डा पनि सहकारी ठगी प्रकरणमा छानविन समिति बन्नुपर्ने नै रहेको बताए ।

सभामुख देवराज घिमिरेले विशेष समयमा दलगत रुपमा आफ्ना भनाइहरु राख्न समय दिएका थिए । सो क्रममा राप्रपा, कांग्रेस, माओवादी र एमालेका नेताले समेत आफ्नो भनाइ राखे । सभामुखले विशेष समयमा बोल्ने कार्यक्र सकिएको र अब शून्य समय सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेस र राप्रपाका सांसदहरुले विरोध जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here