सर्लाही २४ चैत ।। सर्लाहीमा बुधबार साँझ गोली दागेर एक भारतीय नागरिकको हत्या भएको छ । मोटरसाइकलमा भारति तिरबाट आएका अज्ञात व्यक्तिले मलंगवा नगरपालिका वडा नं ९ मा भारतीय नागरिकमाथि नै गोली प्रहार गरी हत्या गरि भागेका छन् ।
गोली प्रहारबाट भारतीय नागरिक इन्दल महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका महतोलाई मलंगवास्थित अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका व्यक्ति भने गोलि प्रहार गरेर भारततर्फ नै भागेका छन् । फरार व्यक्तिको खोजि तलास भइरहेको सर्लाही प्रहरीले जनाएको छ । यसअघि मधेश प्रदेशकै धनुषा जिल्लामा गोली प्रहार गरी गए राति एक युवकको हत्या भएको थियो ।
बुधबार दिउँसो धनुषाको हंसपुर नगरपालिका ७ स्थित गहुँ खेतमा सोही स्थानका १८ वर्षीय विजय महराको गोली दागेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।