महोत्तरी ७ बैशाख ।। महोत्तरीमा गए रति एक्कासी आएको हावाहुरीमा परेर एकजनाको मृत्यु भएको छ । मंगलबार राति आएको हावाहुरीले जस्तापाता झरेर घाइते भएकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्वर नगरपालिका वडा नं. ८ रतवाराकी ४५ बर्षीया कुशन देवी मुखियाको उपचारको लागि अस्पताल लग्ने क्रममा बाटो मैं मृत्यु भएको हो ।गएराति हावहुरी चलेपछि आफ्नै गोठमा भैसी बाध्ने क्रममा घरको छाप्रो माथिबाट जस्ता झर्दा उनको निधारमा गहिरो चोट लागेको थियो ।

चोट लागेर घाइते महिलाको उपचारको लागि जलेश्वर अस्पताल ल्याआउदै गर्दा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here