जनकपुरधाम, २२ भदौ ।। युवाहरुको सँस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकुरको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान”को नाराहरु मध्ये एक नारा थियो ‘अक्सिजन मात्र रु. २०’ । यो भनाई पछिल्लो जनकपुरधाममा उच्चारण हुँदा मानिस अच्चमित मात्र थिएन्न, उनीहरुले प्लास्टिक झोलाले घेरिएको एक मानिस पनि नजरामा कैद गर्दै त्यससँग फोटो खिच्दै कसरी भन्ने जिग्यासा राखि रहेका थिए ।

जिग्यासाको सम्बोधनमा कायापलटका संस्थापक दिवाकर उप्रेतीले दिनहु दिन वायु प्रदूषण बढेको मानक तथ्य पस्किए । उनले भने, ‘मानिस वायुको मापन प्रति सम्वेदनशील छैन्न । किनकि त्यो देखिदैन् । तर, अप्रत्यक्ष रुपमा वायु प्रदूषण वृद्धि भएको छ । जसका कारण अस्पतालमा किनेको जस्तै दैनिक जिवनमा अक्सिजन किन्न पर्ने दिन नआओस् भनेर सचेतना गरेको हो ।
मधेसप्रदेसमा समेत उत्याधिक सवारी साधनको चाप तथा प्लास्टिक जन्य पदार्थ जलाउँदा उत्पन्न हुने हानिकारक वस्तु वायुमा मिश्रण हुँन्छ । जसले प्रत्यक्ष रुपमा वायु प्रदूषण निम्त्याउने हुँदा मधेसप्रदेसमा सचेतना बढाउन पर्ने बताउँछन् अध्यक्ष कैयुम राईन् ।

४२०० वर्षसम्म पनि नकुहिने तथा विस्तारै सुक्ष्म रुपमा वातावरणमा मिश्रणहुने गरेको हुँदा यसले आउने सन्ततीलाई असर गर्ने विज्ञहरुको कथन छ । तर, सरकारको नीति फितलो तथा नियमनकारी निकायको भूमिका सुस्त भएकोले ४० माईक्रो भन्दा बढी प्लास्टिको प्रयोग अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यस्तै वातावरणीय प्रभावमा पनि यसले असन्तुलन बनाउँने कार्यक्रमका अभियन्ताहरु बताउँछन् ।
त्यस्तै पन्नी बनेका सुमन शर्माले भने निश्चय पनि वैकल्पिक उपायको प्रयोग गरेमा प्लास्टिक झोला उन्मूलन हुनेमा विश्वस्त देखिन्छ । जसका लागि उनी आफु र आफुजस्तै सबैजनालाई सामेल भएर मुद्दाका लागि पैरवी गर्नपर्ने बताउँछन् ।
कायापलटको आयोजनामा तथा सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ५० बढी युवाहरुको उपस्थित थियो भने उनिहरुले स्वच्छ वातावरण हाम्रो अधिकार, सफा सहर हाम्रो रहर, स्वच्छ वायु हाम्रो अधिकार जस्ता नाराहरु लगाएका थिए । उनीहरुले मानिसलाई सचेतना बढाउने कार्य गरेका थिए । जसमा जनकपुरधामका अभियन्ता, वडा सदस्य, स्वास्थ्यकर्मी तथा नागरिक समाजसमेतको उपस्थिति रहेको थियो ।
