सर्लाही, २९ चैत ।। सर्लाही जिल्लाको प्रादेशिक अस्पताल मलंगवामा आज मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले अनुगमन निरिक्षण गर्नु भएको छ ।

बिरामीहरुका सेवा प्रवाहको अवस्था र व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले स्वास्थ तथा जनसंख्या मन्त्री सिंहले अस्पतालको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा मन्त्री सिंहले भन्ने अस्पतालमा रहेका जति पनि कर्मचारीहरु उहाँले हरुले प्रादेशिक अस्पताल मलंगवामा आउने सबै बिरामीहरुका सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोही कि न होस् कारबाही गर्छु भन्ने चेतावनी समेत दिनुभएको छ ।

प्रादेशिक अस्पताल मलंगवा एउटा नमुनाको रूपमा बनाउन अस्पताल भित्रका सबै चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही नगर्नु र समयमा काम गर्नु पर्छ । सरकारी नियम अनुसार जति पनि सरकारी औसधिहरु सरकारले प्रादेशिक अस्पतालमा दिएका छन् त्यसमा कुनै कमी कमजोरी न होस् भन्ने निर्देश समेत दिएको छ् । पहिलाको जस्तो अहिले यो अस्पतालमा धेरै फरक भएको र बिरामीलाई समयमा सेवा न दिएको गुनासो पाए पछी प्रादेशिक अस्पतालको अनुगमन गरेको मन्त्री सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here