काठमाडौं, २६ असोज ।। धार्मिक द्वन्द भएको सर्लाही र बाँकेका प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौर र जिल्ला प्रहरी प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेशराज सुवेदीलाई काज सरूवा गरी हेडक्वार्टर तानेको हो ।

दुई एसपीको स्थानमा प्रहरी प्रधान कार्यालयले सुवास बोहोरा र प्रवीण धिताललाई जिल्लाको नेतृत्व दिएको छ । धिताललाई सर्लाही र बोहरालाई बाँके प्रहरी प्रमुखको जिम्मा दिएर काज सरूवा गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए ।

सर्लाहीमा मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप हुँदा कर्फ्यु लगाइएको थियो । बाँकेमा पनि फेसबुक स्टाटसको निहुँमा केही दिनअघि सामाजिक सद्भावमाथि खलल पुग्ने गतिविधि भएको थियो । सुरक्षा चुनौती भएपछि त्यहाँ कर्फ्युसमेत लगाइएको थियो ।

यसअघि प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here