काठमाडौं चैत ।। यो वर्षको फिफा वर्ल्ड कप २०२२, २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने भएको छ । खाडी मुलुकमा पहिलोपटक फिफा वर्ल्ड कप हुन लागेको हो । कतारमा आयोजना हुने फिफा वर्ल्ड कप विविध कारणले महत्वपूर्ण मानिँदै आएको छ । कतारको रंगशालामा फुटबल म्याच हेर्ने दर्शकलाई कुनै पनि किसिमको समस्या नआओस भनेर विशेष खालको व्यवस्था गरिएको छ ।

जसमा वातानुकुल (एसी) पनि समावेश छ । कतारका ८ वटै रंगशालालाई पुरै एसीयुक्त बनाइएको छ । यसबाट दर्शकलाई खेल हेर्दा कुनैपनि किसिमको समस्या नहुने बताइएको छ । यसमा कतार सरकारले लाखौ डलर खर्च गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । मरुभूमिका कारण खाडी मुलुकको तापमान विश्वका बाँकी देशको तुलनामा निकै उच्च छ । त्यसैले पनि खेलाडी र दर्शकको सुविधाका लागि रंगशालामा एसी राखिएको बताइएको छ ।

कुनै पनि खुला आकाशको रंगशालालाई वातानुकुलित बनाइएको विश्वमै पहिलो घटना हो । यो काम डा. कूल नामबाट प्रख्याति पाएका मेकानिकल इन्जिनियर सऊद गनीले गरेका हुन् । गनीका अनुसार एसी फिट भएको रंगशालामा बाहिरको तापक्रम ५२ डिग्री भएको समयमा भित्रको तापक्रम २२ डिग्री सेल्सियस हुनेछ ।

ओपन एयर रंगशालाका लागि एसी फिट गर्नु एक मुस्किलको काम हो । तर कतार रंगशालालाई चिसो बनाउन ओपन एयर एसी फिट गर्न सफललता मिलेको छ । यो एसीले राम्रो काम गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here