बारा, २६ असोज ।। बारा प्रहरीले महागढिमाइ नगरपालिकाबाट २९ केजी गाजा बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ६ स्थित प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्र २–०३–०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा गाजा ल्याउँदै गरेका ब्यक्ति गाजाको बोरा फालेर भागेका थिए ।

मोटरसाइकललाई खोज्दै जाँदा माहागढिमाई नगरपालिकाकै वडा नं. ११ मधुरी मोटोलको बासँ घारीबाट उक्त मोटरसाइकल पनि बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । गाँजा नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here