बारा २१ पुस ।। मधेश प्रदेशको बारा जिल्लामा आगो ताप्ने क्रममा एक वृद्धा जलेर घाइते भएकी छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बस्ने ६० वर्षीया किमैना देवी यादव घाइते भएकी हुन् । सुवर्ण गाउँपालिका ३ जमुनिया टोल घर भई उनी कलैयामा बस्दै आएकी थिइन् ।

बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।

बारामा प्राथमिक उपचार पश्चात बुधबार नै थप उपचारको लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको थियो । त्यहाँबाट पनि थप उपचारका लागि बिहीबार उनलाई कीर्तिपुर बर्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here