रौतहट २२ पुस ।। ग्लोबल आईएमई बैंक लिमिटेडको १६ औँ वार्षिकोत्सव राैतहट जिल्लाको उतरी भेगमा पर्ने फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने फतुवा बिजयपुर शाखाले निःशुल्क महिला बिरामीको चेक जाच शिविर गरी मनाएका छन ।

वार्षिकोत्सव को उपलक्ष्यमा यस बैँकले ” Family Planning Association Nepal” को प्राविधिक सहयोगमा “मेरी उनीलाई स्वास्थ्य नारी पहल” अन्तर्गत आज मिति २०७९/०९/२२ गते शुक्रबारका दिन यस फतुवा बिजयपुर नगरपालिकाका वडा नः ७ फतुवा अस्पतालमा निःशुल्क महिला शिविर संचालन गरी एक कार्यक्रमका बीच भव्यवताका साथ मनाएका छन ।

६७ जना महिला लाई चेक जाँच गर्दै औषधि बितरण समेत गरिएको छ । कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रदेशीय कार्यालय प्रतिनिधि साजन प्रजापति, बिजयपुर शाखाका प्रमुख मुकेश कुमार ठाकुर सहायक ईन्चारज पप्पु प्रसाद पटेल, बडा नः ७,९ का बडा अध्यक्ष रामविश्वास राय यादव राकेश यादव पत्रकार, सुरक्षाकर्मी समाजसेवी लगायत भर्भाला आद्मिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here