रौतहत २१ पुस ।। रौतहत जिल्लाको इस्नाथ नगरपालिका -३ औरैया निवासी नेपाल सरकारका पूर्व सहायक वन अधिकृत स्व. हरदेव साह ज्यू को दोस्रो वार्षिक पुण्य तिथीमा वृहत निशुल्क स्वास्थय शिवीर कार्यक्रम गरिएको छ । शिवीर कार्यक्रम स्व. साहको छोरा रामसेवक साह Bsc.MLT (RGUHS,Banglore India) ले आफनो सपरिवारिको आर्थिक सहयोगमा आयोजना गरेको थियो । जिल्लाको क्षेत्र न .२ का नवनिर्वाचित लोकप्रीय सान्सद माननिय किरण कु. साहको प्रमुख अतिथिमा श्री महावीर प्राथमिक विद्यालय औरैयाको प्राङगनमा आयोजना गरिएको थियो ।

No description available.

वृहत निशुल्क स्वास्थय शिवीर कार्यक्रममा विभिन्न रोगका विशेषज्ञहरु द्वरा चेकजाच गरि उपचार गरिएको छ । डा. सुरज रौनियार MBBS.MS-Ortho,(हार्ड जोर्नी रोग विशेषज्ञ) N.M.C,बिरगंज , डा. लोकेश्वर चौरसिया MBBS. बंगलादेश , दृष्टी को लागी NECH Nepal Eye Care & Hospital मोहम्मद परवेज आलम (दृष्टि विशेषज्ञ) ले सेवा दिएका छन् ।

No description available.

आफ्नो बुबा नेपाल सरकारको रास्ट्रसेवक कर्मचारी रही सेवा गरेको र म पनि नेपाल सरकारको रास्ट्रसेवक कर्मचारी रहेको छु । बुबाको हरदम समाजका ब्यक्तिको सेवा गर्ने भावना रहेको थियो त्यही प्रेरणाले उत्साहित भई अस्ता कार्य गर्नेले बुबाको आत्माको शान्ति पुगोस भन्ने मेरो चाहना रहेको छ । हामीले कमाएको तलवको २ % हरदेव साह समृती कोष बनाई समाज सेवामा लगाउने बताएका छन् ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित लोकप्रीय सान्सद माननिय किरण कु. साह, अध्यक्ष इस्नाथ नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत भूदेव झा , पुर्व नगर प्रमुख सन्तोष मेहता ,अतिथि वडा न . ३ का वडा अध्यक्ष सहित संचारकर्मी , सुरक्षाकर्मी लगायत गाउका भर्भाला आद्मिहरुको उपस्थिति रहेको थियो ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here