रौतहट १४ भदौ ।। रौतहट जिल्लाको गरुडामा चट्याङ लागेर एकै गाउँमा तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तिनजनाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि,७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरूण कुमार सिंहले बताएका छन ।

मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ सोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ ।

यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here