रौतहट, २९ असोज ।। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर द्वरा वन अतिक्रमण, चोरी निकासी, आगलागी नियन्त्रण तथा हिन्दुहरुको महान पर्व बडा दसैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । भरखरै आउनु भएका डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्रको अध्यक्षतामा वन जंगल संग जोडिएको वन अतिक्रमण, छोरि निकासी, आगलागी नियन्त्रणको विषयमा संचारकर्मीहरु संग अन्तरक्रिया तथा पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा आफ्नो कुरा राख्दै डिभिजन वन अधिकृत मिश्रले वन जंगल लाई जोगाउन हाम्रो कर्तब्य र जिमेवारी समेत रहेको बताए । उनि आउने दिनमा हामीहरुको जीवनको लागि वन जंगल अति नै महत्वपूर्ण हुने बताएका छन् । साथै आफनो अनुभव र हासिल गरेका शिक्षाको अधारमा आफुले वन जंगल जोगाउन मास्टर प्लान बनाएकोमा एक अर्का लाई सहयोग गर्दै अगाडी बढने बताएका छन् ।

संचारकर्मीहरु द्वरा वनजंगलको बिषयमा विभिन्न किसिमको प्रशन गरिएको थियो । जस्तै वनजंगलको वन अतिक्रमण, चोरी निकासी गरिने क्रममा समातिएका सवारी साधन धेरै दिनदेखि निलामी नगरिएको कारण के हो ? वनजंगल आगलागी नियन्त्रणका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर द्वरा के के गरिएको छ । जस्ता प्रशनहरु गरिएको थियो । डिभिजन वन अधिकृत मिश्र कार्य विशेषले कार्यक्रम बिचमै गएको कारण प्रशनको जवाफ नआएको छ । सोधिएको प्रशनहरु नोट गरि राखिएको पछि समय मिलाई पुनः संचारकर्मीहरु जानकारी उप्लबध गराउने शाखाका योजना प्रमुखले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here