वीरगञ्ज २३ असार ।। प्रहरीले पौने तीन क्विनटल गाँजासहित दुईजनालाई पर्साबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहारको २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

दुबैजनालाई २७० किलो गाँजासहित पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here