काठमाडौं २१ साउन ।। सत्ता गठबन्धनले साउनभित्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको खाका तयार गर्न कार्यदल गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलसहित सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सरकारले बिहीबारमात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन् ।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा कार्यदलका सदस्य तोकिएका छन् । माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनलाई राखिएको छ । नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल छन् । जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सरकारले बिहीबारमात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन् । गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन् । गठबन्धनभित्रै पनि सबै सिटमा गठबन्धन गरेर जाने नजाने भन्नेबारे सहमति भइसकेको छैन ।

सिटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताउँछन् । ‘सिट बाँडफाँटका विषयमा अब बल्ल छलफल सुरु हुन्छ । सिट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा हुन्छ । जुन स्थानमा जसको माहोल राम्रो छ उसैलाई टिकट दिनुपर्छ।’ पौडेल भन्छन् ।

पौडेलले पाँचदलीय गठबन्धनभित्र वाम गठबन्धनको अर्थ नभएको बताए । उनले भने, ‘गठबन्धनभित्रको वाम गठबन्धन केको लागि हो ? त्यस्तो गठबन्धनको औचित्य छैन । वाम मोर्चा के को लागि ? कांग्रेससँग लड्ने कि ओलीजीसँग लड्नको लागि ? अहिलेसम्मको सहमतिअनुसार पाँच दलको गठबन्धन मात्र हो । अरू मलाई थाहा छैन ।

धरातल हेरेर दाबी गर्न पनि नेता पौडेल बताउँछन् । ‘कांग्रेसले मात्र जित्न सक्ने सिट एक सय छ । ती ठाउँमा अन्य दलका साथीहरूलाई उठाउन मिल्दैन । अहिलेको चुनाव परिणाममा केन्द्रित हुन्छ । नेता पौडेलले भने ।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका अर्का एक कांग्रेसले एक सय सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने गठबन्धनभित्रको तयारी छ ।

गठबन्धनभित्रकै प्रमुख दल नेपाली कांग्रेसको टिकट बाँडफाँटका लागि केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ। पार्टीको केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुन्छन् । यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुन्छन् ।

संसदीय समिति गठन गर्दा सभापतिले केन्द्रीय सदस्यमध्येबाट ११ जनालाई सदस्यका रूपमा प्रस्ताव गर्छन् । विधानअनुसार संसदीय दलको नेता संसदीय समितिको पदेन सदस्य हुन्छ । कांग्रेसले गत वैशाख ११ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट केन्द्रीय संसदीय समिति गठन गरेको थियो । टिकट वितरणका लागि संसदीय कार्यसम्पादन समिति गठन गरेको थियो । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ जना सहमहामन्त्री र वरिष्ठ नेता पौडेल पर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here