रौतहट ०२ असार ।। रौतहटको बौधीमाई नगरपालिका बंकुल चोकबाट एक जना भारतीय युवकलाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेना रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको बंकुल चोकबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।